अध्यक्षद्वयको सपना साकार, ७७ वटै जिल्लाले पायो नेतृत्व

सोमवार, बैशाख ९, २०७६



काठमाडौं । करिब वर्ष दिनको अन्यौल र शंकाको अन्त्य गर्दै नेकपाले ७७ वटा जिल्लाको नेतृत्व सार्वजनिक गरेको छ । गत आईतबार साँझ बसेको सचिवालय बैठकले आज (सोमबार) जिल्ला  नेतृत्व घोषणा गर्ने निर्णय गरेको थियो ।

निकै लामो रस्साकस्सी पछि पूर्व एमाले र माओवादी केन्द्रबीच भागवण्डामा आधारित एकता प्रक्रियाले पूर्णता पाएको हो ।  कुल ७७ जिल्ला मध्य ४४ जिल्लामा पूर्व एमाले र ३३ जिल्लामा पूर्व माओवादी केन्द्रको भागमा परेको एकता प्रक्रिया पछि विगतमा बनाइएको मापदण्ड भने उल्टिएको छ ।

अध्यक्षद्वयहरु,पार्टीका वरिष्ठ नेताहरु,केन्द्रिय नेताहरुको उपस्थिती रहेको घोषणा सभामा कार्यकर्ताको उत्साह प्रष्ट देखिएको थियो । पोलिटब्यूरो र वर्गिय संगठनकाे काम थाँती राख्दै सम्पन्न घोषणा सभापछि नेकपाकाे पार्टी संगठनमा रक्त सञ्चार हुने नेताहरुको धारणा छ ।

हेर्नुहाेस अध्यक्ष र सचिवको सुची 

a

b

c

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata