एमाले र माओवादी मिलेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता नहुने

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । नेकपाका सदस्यहरूले सपथ समेत लिइसकेपनि निर्वाचन आयोगमा भने दल दर्ता नहुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी यसअिघ नै आयोगमा दर्ता भएका कारण पुनः त्यही नाम र चुनाव चिन्हमा दल दर्ता हुन नसक्ने आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए । आयोगमा ऋषि कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता छ ।

846 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank