अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९ पुग्यो..

बुधबार, फाल्गुन २१, २०७६



एजेन्सी । सेभ्रे आक्युट रेसपेरटरी सिन्ड्रोम कोरना भाइरस-२(SARS-CoV-2) नामक भाइरसका कारण विश्वभर   कोभिड-१९( नोवेल कोरना भाइरस)ले आतंक फैलाईरहेको छ ।

यसैक्रममा वाशिंगटन राज्यका अधिकारीहरूले कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको छ, यससँगै वाशिंगटनमा ९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको समुन्द्री किनार आसपासको सीएटल क्षेत्रमा नोवेल कोरोना भाइरसबाट सबै मृत्युहरू भएको बताइएको छ ।

न्यु योर्कका गभर्नर एन्ड्र्यू कुमोले  आफ्नो राज्यमा दोस्रो व्यक्तिको कोभिड-१९ को पुष्टि गरेका छन् । मृत्यु हुने व्यक्ति अमेरिकाको उत्तरपूर्व न्युवोर्क स्थित वेस्टचेस्टर कन्ट्रीका ५० नाघीसकेको व्यक्ति रहेको बताइएको छ ।

यस्तै, अर्जेन्टिनाका स्वास्थ्य मन्त्री गोन्जालेज गार्सियाले देशमा पहिलोपटक कोभीड-१९ संक्रमणको पुष्टि गरेको छन् । गार्सियाले बताएअनुसार बिरामी इटालीको मिलानबाट उडानमा आएका थिए ।

यस्तै, छिमेकी अर्जेन्टिनाबाट कोभीड-१९ बारे यस्तो खबर आइसकेपछि चिलीले पनि यसको पहिलो मामला पुष्टि गरेको छ । रोयटर्सको रिपोर्टअनुसार ३३ वर्षीय बिरामी चीलीको राजधानी स्यान्टियागोको दक्षिणी शहरमा वसोवास गर्दै आएका थिए ।

यसैबीच, विश्व बैंकले भन्यो कोरोना भाइरसले प्रताडित कम आय भएका देशहरूलाई सहयोग गर्न तत्काल १२ अरब डलर उपलब्ध गराउने घोषणा गरेको छ । दुवै ‘विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष’ले डब्लुएचओसँग सम्झौता गरि आवश्यक ढाँचा निर्माण गरिरहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments