कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस फैलिएको  करिव ४ महिना हुँदा कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।

अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव ४ हजार ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

संकमणको दर थप बढ्दो छ । पछिल्लो १ दिनमा ६० हजार ९ सय ९१ जना संक्रमित भएका छन् ।

आज धेरै मृत्युु हुनेमा स्पेन ९१३, इटाली ८१२, अमेरिका ५६५ र फ्रान्स ४ सय १८ छन् ।

त्यस्तै एकै दिनमा बढी संक्रमित हुनेमा अमेरिका २९ हजार ९ सय ८८, स्पेन ७ हजार ८ सय ४६, जर्मनी ४ हजार ४ सय ५० र इटाली ४ हजार ५० देखिएका छन् ।

हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय १८ पुग्दा मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments