अब अन्य रोग लागेर मृत्यु भएमा कोभिडमा गणना नहुने

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । कोभिड-१९  कै कारण मृत्यु भएको हो होइन भन्ने अन्योल भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । अब अन्य रोग लागेकालाई मृत्युको कारण कोभिड-१९ भनिने छैन ।

मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धि संक्षिप्त कार्यविधि संसोधन गरेको हो ।

‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड-१९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ ।

‘कोभिड-१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड-१९ कारणले मृत्यु भएको मानिने छैन,’ संसोधन गरिएको कार्यविधिमा भनिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments