देशभरका अदालत दुई साताका लागि बन्द

शुक्रबार, चैत्र ७, २०७६



काठमाडौं । कोरोना भाइरसको  सन्त्रासको कारण देशभरका अदालत बन्द हुने भएका छन ।  शुकबार प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराकाे अध्यक्षतामा बसेकाे पूर्ण बैठकले आगामी चैत २२ गतेसम्मका लागि देशभरका अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दिप्रत्यक्षीकरणका मुद्दामा भने सुनुवाई जारी राख्ने निर्णय गरेको अधिवक्ता सरोज गिरीले जनाएका छन । नेपाल बार एसोसिएसनले यसअघि नै विश्वभरि नै कोरोना फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो ।

याे पनि पढ्नुहाेस

सर्वोच्च अदालतमा कुनै पनि मुद्धाको सुनुवाइ नहुने

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments