अध्यापन अनुमतिपत्र परिक्षा रद्धको माग गर्दै सर्वाेच्चमा रिट दायर

बुधबार, साउन २९, २०७६



काठमाडौं । शिक्षक अध्यापन अनुमतिपत्र(लाइसेन्स) परिक्षा रद्धको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ ।

अध्यापन अनुमतिपत्र खारेजीको माग गर्दै माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमाल सहित ६ जना शिक्षकले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमा माध्यमिक तहको विज्ञापन नं ३५/०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्न माग गरिएको छ । रिटमा विज्ञापन खारेज गरी विषयगत रूपमा परीक्षा गर्नुपर्ने माग गरिएको छ ।

शिक्षक अध्यापन अनुमतिपत्रकाे परिक्षा प्रावि तहको असोज ९ गते, निम्न माध्यमिक तहको १० र माध्यमिक तहको ११ गते विहान ८ बजे तोकेको छ ।

रिट सँगै अध्यापन शिक्षक अनुमतिपत्र परिक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परिक्षा के हुन्छ भन्ने बारेमा अन्यौता छाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata