विशेष अदातलबाट सफाई पाएका चार जनाविरुद्ध सर्वाेच्चमा मुद्धा

बुधबार, असार ६, २०७५

- भूपेन्द्र शाह



अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलले भष्ट्राचार गरेको आरोपमा वडिमालिका बहुमुखी क्याम्पस नौविस बाजुराका क्याम्पस प्रमुखसहितको नाममा सर्वोच्चमा मुद्धा दर्ता गरेको छ । विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा मुद्धा दायर गरेको हो ।

वडिमालिका क्याम्पस प्रमुख नवराज जैशी, लेखा परिक्षकद्वय तिलक थापा, चेतबहादुर बम र क्याम्पसका लेखापाल लालबहादुर रावलको नाममा ३७ लाख ७१ हजार बराबरको आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा वि.स.२०७३ जेठ १६ गते मुद्धा दर्ता भएको थियो ।

२०७४ पुस २६ गते चारै जना आरोपीले विशेष अदातलबाट सफाई पाएका थिए । विशेष अदातलको सफाई पछि पूर्व क्याम्पस प्रमुख जैशी र लेखापाल रावल गत बैशाख १२ गतेबाट गत बैसाखबाट क्याम्पसाको काममा फर्केको वडिमामालिका क्याम्पस नौविसका सहायक क्याम्पस प्रमुख नरबहादुर कटुवालले नेपालपाटी डटकमलाई जानकारी दिए । क्याम्पस प्रशासनका अनुसार अभियोग लागेका व्यक्तिहरुलाई काममा हाजिरी लगाउन नदिनु भन्ने कानुनी सल्लाहकारले बताएपनि सरकारी वकिल कार्यालयको पत्र र आम अभिभावकको अनुरोधमा हाजिर लगाउन दिएको क्याम्पसले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको मातहतमा रहेको उक्त क्याम्पस सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी छ । आंगिक क्याम्पस बनाउनका लागि सुदुरपश्चिम विश्वविद्यालयले वडिमालिका क्याम्पसलाई पत्राचार गरि आवस्यक कागजात ल्याउन भनेपछि क्याम्पसको प्रतिनिधि टोली कागजात लिन बिशेष अदातल पुग्यो ।

तर विशेष अदातलबाट सफाई पाईसकेका उक्त व्यक्तिहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धामा पूर्नविचार गरियोस भनि सर्वाेच्च अदातलमा मुद्धा दर्ता गरिसकेकाले कागजात दिन नमिल्ने बताएपछि उक्त रहस्य बाहिर आएको वडिमालिका क्याम्पस बाजुराका प्राध्यापक गोपाल जैशीले जनाए ।

956 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank