सर्बोच्चको फैसला पनि किर्ते, यसरी खुल्यो रहस्य

आइतवार, बैशाख ३०, २०७५



काठमाडौं । जेलमा रहेका एक कैदीले आफू मुक्त हुन सर्बोच्च अदालतको नक्कली फैसला गरेका छन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्बोच्चबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेस गरेका हुन् ।

सुनिललाई काभ्रे घर भई सामाखुशी बस्ने नानु तामाङ भेट्न गएका थिए । उनले सर्बोच्चबाट बैशाख २० मा अवकाश पाइसकेका न्यायाधीशले संयुक्त इजलासबाट फैसला भएको भन्दै फोटोकपी लगेर जेलमा रहेका दाजु सुनिललाई बुझाएका थिए ।

तामाङले आफू एक बर्ष अघि नै छुट्न पाउनुपर्ने दाबी गर्दै कारागार प्रशासनमा पत्र बुझाएपछि नक्कली फैसला भएको खुलेको हो । तामाङले बुझाएको किर्ते फैसलामा न्यायाधीश प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बैशाख २० गते फैसला सुनाएको उल्लेख छ ।  किर्ते फैसलामा तामाङको एक बर्ष जेल घटाउने निर्णय भएको उल्लेख छ । -नागरिक दैनिकबाट

48 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank