सर्वाेच्चले आज देखि दैनिक मिडिया ब्रिफिङ गर्ने

आइतवार, बैशाख २, २०७५



काठमाडौं । सूचना प्रवाहलाई व्यवस्थित र मिडियामैत्री बनाउन भन्दै सर्वोच्च अदालतले आइतबार देखि दैनिक मिडिया ब्रिफिङ सुरु गर्दै छ।
प्रवक्ता, सहायक प्रवक्ता एवं सूचना अधिकारीको उपस्थितिमा अदालतले आजदेखि दैनिक मिडिया ब्रिफिङ सुरु गर्न लागेको सर्वाेच्चवले जनाएको छ ।

यसअघि सर्वोच्च अदालतमा सूचना वितरण प्रभावकारी नभएको भन्ने गुनासो व्यापक रुपमा बढेको थियो । गुनासो व्यवस्थापन गर्नका लागि कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको निर्देशनमा सर्वोच्च प्रशासनले दैनिक ब्रिफिङ गर्ने निर्णय गरेको हो ।

सर्वोच्च प्रशासनका अनुसार कार्यदिन परेका आइतबारदेखि बिहीबारसम्म दैनिक साँझ ५ बजेदेखि आधा घन्टा प्रेस ब्रिफिङ हुनेछ । शुक्रबार भने दिउँसो ३ बजेपछि साढे तीन बजेसम्म ब्रिफिङ हुने जनाइएको छ ।

129 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank