संवैधानिक इजलास शुरु

बुधबार, चैत्र २१, २०७४



काठमाडौं । सर्वोच्च अदालतका सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास शुरु भएको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहेका छन् । सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने व्यवस्था छ ।

संवैधानिक इजलाशले संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलामा करीब ४०० भन्दा बढी मुद्दा रहेका छन् ।

620 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank