भारतकाे महाराष्ट्रमा कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १ हजार नाघ्यो

बुधबार, बैशाख ३१, २०७७



भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या १ हजारभन्दा बढी पुगेको छ ।

मंगलबार महाराष्ट्र प्रहरीका अनुसार आज सार्वजनिक गरिएको रिपोर्टमा थप २२१ प्रहरीमा कोरोना पुष्टि भएको छ । आजसम्म १ हजार ७ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७ को मृत्यु भएको छ । संक्रमित प्रहरीमध्ये १ सय १३ जना निको भएर घर फर्किएका छन् ।

संक्रमणणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् । बाँकी ७ सय ९६ जना भने प्रहरी जवान हुन् ।

आजसम्म भारतभर ७१ हजार ४४१ व्यक्ति संक्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय व्यक्ति संक्रमित रहेका छन् भने यीमध्ये २ हजार ३ सय १० व्यक्तिको संक्रमणपछि मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस संक्रमणको उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि उल्लेख्य  रहेको छ । मंगलबासम्म देशभर २३ हजार ४९ व्यक्ति निको भएर घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments