जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोना भाइरस भेटियो

बुधबार, माघ २२, २०७६



एजेन्सी ।  चिनबाट फैलिएको कोरोना भाइरस हाल विश्वका अधिंकाश देशमा फैलिएर संकम्रणको रुप लिदै छ । जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । डायमण्ड प्रिन्से नाम गरेको जहाजमा रहेका ३ हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको स्वास्थ्य परीक्षणको क्रममा दस जनामा संक्रमण भेटिएको बिबिसीले जनाएको छ ।

संक्रमण भेटिएका दसै जना ५० वर्ष माथि उमेर समूहको भएको स्वास्थ्यकर्मीले जनाएका छन । यात्रीहरुको स्वास्थ्य परिक्षण भइरहेकाले संक्रमणको संख्या बढ्न सक्ने जनाइएको छ ।

जापानी संचार माध्यम एनएचकेका अनुसार संक्रमण भेटिएका कोही पनि गम्भीर अवस्थामा छैनन् । जापानी स्वास्थ्य मन्त्री काट्सुनोबु काटोले भने कि पुष्टि भएका घटनाहरू हालसम्म परीक्षण गरिएका २७३ जनामध्ये ३१ जनाको नतिजा आएको उल्लेख गरे । बुधबार पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री काट्सुनोबुले भने, कोरोना भाइरस परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाउँदैछौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments