रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरसबाट संक्रमित

शुक्रबार, बैशाख १९, २०७७



एजेन्सी । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएसँगै उपचारका लागि अस्पताल भर्ना भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, बिहीबार एकै दिन रुसमा ७ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रुसमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । गत जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्व गरिरहेका थिए ।

रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments