बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना पोजेटिभ देखियो

शुक्रबार, चैत्र १४, २०७६



एजेन्सी । ब्रिटेनका  प्रधानमन्त्री बोरिस जोन्सनलाई विश्वव्यापी महामारी  कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । हालसम्म यस भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।

‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछु,’ जोन्सनले भनेका छन् ।

Boris Johnson #StayHomeSaveLives
@BorisJohnson

Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus. I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus. Together we will beat this. #StayHomeSaveLives

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments