कोरोना भाइरसका कारण इरानमा ५४ हजार कैदिबन्दी अस्थायी रुपमा रिहा

बुधबार, फाल्गुन २१, २०७६



एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड १९ को कारण इरानमा ५४ हजार कैदिबन्दीहरुलाई अस्थायी रुपमा रिहा गरिएको छ ।
कोरोना भाइरसले विश्वमा भयावह रुप लिएसँगै इरानका विभिन्न कारागारमा रहेका कैदिबन्दीहरुलाई अस्थायी रुपमा रिहा गरिएको हो ।

कारागारमा कैदिबन्दीको संख्या अत्यधिक छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उनीहरुलाई रिहा गरिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन । न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्मालीले पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको जानकारी दिए । उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उनले जानकारी दिए ।

यद्यपि, ‘सिक्योरिटी प्रिजनर्स’ जसलाई पाँच वर्षभन्दा बढी सजाय सुनाइएको छ, उनीहरुलाई छोडिएको छैन । ब्रिटिश–इरानी च्यारिटी वर्कर नाजनीन जघारी–र्‍याटक्लिफलाई पनि निकै चाँडै नै छोडिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments