हुवेईको जेलमा २०० कैदीबन्दीमा कोरना देखियो

शुक्रबार, फाल्गुन ९, २०७६



एजेन्सी । चीनमा नोवेल कोरोना भाइरसको प्रकोपले शुक्रबार आफ्नो पछिल्लो गिरावट उल्टायो । हप्ताको सबैभन्दा कम संक्रमण साथै मृत्यु भएको मानिने बिहिबारको भोलिपल्ट अर्थात आज एक दिन सयौं कैदीबन्दीहरूमा संक्रमण देखा परेको छ ।

स्वास्थ्य अधिकार कम्पनिहरूले यससँगै कोरना संक्रमणको संख्यामा संसोधन गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारकर्मीहरूले ४४१ बाट बढाएर ६३१  को संख्या सार्वजनिक गरेका छन् । स्वास्थ्य अधिकारकर्मीहरूले हुवेई प्रान्तको एक जेलमा २७१ जना कैदीहरू संक्रमण रहेको भेटेका हुन्  ।

यसभन्दा पहिले शुक्रबार राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबारसम्म ८९९ वटा नयाँ मुद्दा र ११८  जनाको मृत्यु भएको बताएको छ । तर राष्ट्रिय निकायले कारागारका मुद्दालाई आफ्नो प्रतिवेदनमा थप्न सकेको छैन ।

नोवेल कोरना भाइरस(कोभिड-१९)का कारण हालसम्म २,२४७ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ७५,४६५ पुगेको छ । जापानमा ७३२ वटा संक्रमणको घटनाहरू सामुन्ने आएका छन् भने ३ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै दक्षिण कोरियामा एक जनाको मृत्यु र १५६ वटा घटना सामुन्ने आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments