कोरोना भाइरस विरुद्ध प्रशाशनको मात्र लडाई होइन- महासचिव गुटेरेस

बिहिबार, चैत्र १३, २०७६



एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी मह्मारी कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानवताका लागि  खतरा भएको जनाएका छन् । महासचिव गुटेरेसले यस लडाई देशहरूको एक्लाएक्लै लडाई नभई सम्पूर्ण मानव लाग्नुपर्नेमा पनि जोड दिएका छन् ।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ ।

‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ,’ उनले भने, ‘त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्न सक्नेछ। त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।’

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण, क्वारेन्टाइन तथा संक्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।

संक्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतिजा ल्याउने राम्रा संकेत देखिएको डब्लुएचओले बताएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments