कोरोना रोकथाममा सरकार ‘एक्सन’मा जाने, ६ कार्यदल गठन

आइतवार, चैत्र ९, २०७६



कोरोना रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आह्वान अनुसार काम भए नभएको विषयमा सरकार सुक्ष्मले ढंगले अनुगमन गरि कार्यन्वयन गर्ने भएको छ ।

शनिबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले यस्तो निर्णय लिएको हो । सरकारी निर्णयको पालना गर्न/गराउनको लागि ६ उपसमिति समेत गठन गरिएको छ ।

स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा कार्यदल गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराए ।

आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वम समिति गठन भएको छ । राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यस्तै निर्णय र निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments