कोरोना भाइरस : वुहान शहरमा सार्वजनिक यातायात बन्द, १७ जनाको मृत्यु

बिहिबार, माघ ९, २०७६



चीन ।  चीनको वुहान शहरलाई आफ्नो उत्पतिस्थल बनाएको कोरोना भाइरस पछिल्लो समय देशभर(साथै अन्य देशमा पनि) फैलिएको चीनिया संचार माध्यमहरूले जनाएका छन्  । ११ मिलियन जनता रहेको चिनियाँ सहर वुहानमा सार्वजनिक यातायात अस्थायी रुपमा बन्द गरिएको छ ।

सो सहरमा भएका नागरिकलाई अन्यत्र नजान सल्लाह दिइएको छ । उनीहरु लुनार नयाँ वर्षको अवसरमा विभिन्न स्थानमा जान चाहन्थे ।

स्वासप्रस्वास सम्बन्धी यो संक्रमणको समश्या चीनका विभिन्न भागमा फैलिएको छ  । अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा समेत यस खालको समश्या देखिएको छ । अहिले सम्म ५०० मानिसलाई संक्रमण भएको र १७ जनाको मृत्यु भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments