अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

शनिबार, चैत्र १५, २०७६



काठमाडौं । गत डिसेम्बरबाट  चीनको वुहान शहरबाट शुरु भएर  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म ५ लाख ९७ हजार २६२ जना कोरोनाबाट संक्रमित छन्, यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । ४ लाख १२ हजार ९७५ जना उपचार गराइरहेका छन् । यस्तै, एक लाख ३३ हजार ३६३ उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना संक्रमित अहिले सबैभन्दा धेरै अमेरिकामा एक लाख चार हजार २०५ जनामा देखिएको छ । इटलीमा ८६ हजार ४९८ मा देखिएको कोरोना चीनमा ८१ हजार ३९४मा देखिएको छ । यस्तै, चीनमा ८१ हजार ३९४, स्पेनमा ६५ हजार ७१९, जर्मनीमा ५० हजार ८७१ जनामा संक्रमण देखिएको छ ।

चीनबाट शुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि ४ जनामा देखिएको छ । यसलाई महामारीको रुप धारण गर्न नदिन सरकारले लकडाउन गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments