विश्वभर कोरोनाका कारण पछिल्लो २४ घन्टामा ६ सय ३९ जनाको मृत्यु

मङ्लबार, चैत्र ४, २०७६



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को संक्रमणका कारण विश्वभर पछिल्लो २४ घन्टामा ६ सय ३९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ३ सय ४९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ३३ जना नयाँ संक्रमित देखिएका छन् । यसअघि आइतबार इटालीमा एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा मृत्यु हुनेको कुल संख्या २,१५८ पुगेको छ ।

यता, पछिल्लो २४ घन्टामा इरानमा १ सय २९ जनाको मृत्यु भएको छ । इरानमा १ हजार ५३ जनामा नयाँ संक्रमण देखिएको छ । यससँगै इरानमामा मृत्यु हुनेको कुल संख्या ८५३ पुगेको छ ।

युरोपेली मुलुकहरूमा इटलीपछि सबैभन्दा बढी प्रभावित स्पेनमा ४८ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ५४ जना नयाँ संक्रमित भेटिएका छन् । यसैगरी, पछिल्लो २४ घन्टामा फ्रान्समा २१, बेलायतमा २०, अमेरिकामा १९, चीनमा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वका १६२ देशहरूमा ७ हजार १ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ५ सय ५५ जना संक्रमित भएका छन् । तीमध्ये ७९ हजार ८ सय ८१ जना उपरचारपछि घर फर्किएका छन् । यससँगै कोरोनाको मृत्युदर ८% पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments