कोरोनाबाट इटालीमा २४ घण्टामा ७९३ को मृत्यु, विश्वभर ३ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस अपडेट :

आइतवार, चैत्र ९, २०७६



एजेन्सी । कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाको अवधिमा ७९३ जनाको मृत्यु भएको छ । यो २४ घण्टाको अवधिमा भएको अहिलेसम्मकै उच्च मृत्यु हो ।

यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८२५ पुगेको इटालियन सुरक्षा नियोगले जनाएको छ । त्यसैगरी त्यहाँ संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

हालसम्म संक्रमितहरुमा सबभन्दा बढी चीन, इटाली र स्पेनमा छन् भने मृत्यु हुने बढी इटाली, चीन र स्पेनमा क्रमश: छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments