यो वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप बन्छ : ट्रम्प

सोमवार, बैशाख २२, २०७७



एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप बन्ने दाबी गरेका छन् ।

टेलिभिजन च्यानल फक्स न्युजसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले दर्शकले सोधेका केही प्रश्नको समेत उत्तर दिए ।  कोरोना भाइरसविरुद्धको खोपका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्छ भन्ने मलाई विश्वास छ ।’

उनले यसै वर्षको सेप्टेम्बरमा विद्यालय खोल्नेबारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले पाको उमेरका शिक्षकलाई केही समस्या हुने चिन्ता रहेको तर विद्यालय त खोल्नै पर्ने बताए ।

कोरोना भाइरसलाई लिएर डेमोक्रेटिक पार्टीका नेताको आलोचना गरेका छन् । उनले कोरोनाका कारण अवस्था झनै बिग्रिएमा उनीहरुलाई राजनीतिक फाइदा हुने टिप्पणी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments