कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या २ लाख ४६ हजार नाघ्यो

आइतवार, चैत्र २३, २०७६



एजेन्सी । डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन शुरू गरेको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण तीव्ररूपमा बढेको छ ।

करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ ।

चीनमा हालसम्म ८१ हजार ६ सय ३९ जना संक्रमित देखिएका छन् भने पछिल्लो २५ घण्टामा चीनमा १९ जना नयाँ संक्रमित देखिएका छन् भने ४ जनाको मृत्यु भएको छ । तर, विश्व भरमा भने पछिल्लो २४ घण्टामा ८४ हजार ८ सय  जना संक्रमित बढेका छन् ।

हालसम्म संक्रमितको संख्या १२ लाख १ हजार ९ सय ६३ पुगेको छ । संक्रमितमध्ये हालसम्म २ लाख ४६ हजार ६ सय ३८ जना पूर्णरूपमा ठिक भएपनि ६४ हजार ७ सय २७ जनाको मृत्यु भएको छ ।

अहिले पनि कोरोना ठिक नभएका अर्थात संक्रमण देखिरहेका बिरामी ८ लाख ९०  हजार बढी छन् । जसमध्ये ४२ हजार २ सय ९० जना गम्भीर अवस्थामा छन् ।

युरोप र अमेरिकामा कोरोनाको संक्रमण तीव्ररूपमा देखिएको छ ।

अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ८,४५२ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ ।पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा ३४ हजार बढी संक्रमित थपिएका हुन् भने १ हजार ३ सय ३० बढीको ज्यान गएको हो ।

इटालीमा हालसम्म मृत्यु हुनेको संख्या १५,६३२ पुगेको छ भने संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र इटालीमा ४ हजार ८ सय बढी संक्रमित थपिएका हुन् भने ६ सय ८०  बढीको ज्यान गएको हो ।

यस्तै, स्पेनमा हालसम्म मृत्यु हुनेको संख्या ११,९४७ पुगेको छ भने संक्रमितको संख्या १ लाख २६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र स्पेनमा ७ सय ४८ बढीको ज्यान गएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments