प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, जेष्ठ १५, २०७७



काठमाडौं । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे ।

प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८३ व्यक्ति निको हुँदा ५ जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments