कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

शनिबार, फाल्गुन १७, २०७६



एजेन्सी । चीनको वुहानबाट शुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् ।

इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृत्यु भएको बताइरहेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृत्यु हुनेको संख्याका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् ।

यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको र गलत सूचना बाहिर ल्याएको बताएका थिए ।

शुक्रबार विश्‍व स्वास्थ्य संगठनले पनि इरानमा बाहिर आएभन्दा भयावह स्थिती भएको बताएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments