भारतमा कोरोना कहर : पछिल्लो २४ घन्टामा १४६ नयाँ संक्रमण, ३ जनाको मृत्यु

बुधबार, चैत्र १९, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस(कोभिड-१९)को फैलावट छिमेकी देश भारतमा पनि क्रमश: बढ्दो छ । बुधबार बिहानसम्ममा भारतमा करिब १४ सय (१३ सय ९७) जना संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा १ सय ४६ जनामा नयाँ संक्रमण र ३ जना व्यक्तिको मृत्यु भएको हो ।

विश्‍वभर हालसम्म ८ लाख ५८ हजार ६ सय ६९ जना संक्रमित हुँदा ४२ हजार १५१ जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ९९ जना उपचारपश्चात घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments