जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने

सोमवार, चैत्र १०, २०७६



एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइनमा बसेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् । उनले घोषणा गरेका नियमहरूअनुसार केशशृंगार गृह एवम् ब्युटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् । अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए ।

चान्सलर मर्केलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताइएको छ। शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोराना भाइरस संक्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो ।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए । उनी ६५ वर्षकी छन् ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोना भाइरसबाट २४ हजार ८ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ९४ जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments