कोरना भाइरसबाट आज मात्रै ११६ जनाको मृत्यु, ५२ हजार व्यक्ति संक्रमित

शुक्रबार, फाल्गुन २, २०७६



काठमाडौं । चीनको हुबेई प्रान्तबाट   उत्पति भएको कोरना  भाइरस(कोभिड-१९)को महामारी आज(बिहिबार) पनि उस्तै रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वाका अनुसार हुबेई प्रान्तमा बिहीबारमात्रै ११६ जनाको मृत्यु भएको छ भने ४ हजार ८२३ जना नयाँ बिरामी देखिएका छन् ।

हालसम्म  कम्तिमा ५२ हजार अहिलेसम्म कोरोनाबाट संक्रमित छन् । यसअघि बुधबार एकैदिनमा २४२ जनाको मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments