कोरोना संक्रमण : मृत्यु हुनेको संख्या कुन देशमा कति ?

विश्वभर ६ % मृत्यु

आइतवार, फाल्गुन २५, २०७६



काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले हालसम्म(समाचार तयार पार्दासम्म) विश्वभर ३ हजार ६ जनाको मृत्यु भएको छ । यस्तै कोरोना भाइरसको संक्रमण १ लाख ६ हजार २ सय जनामा भेटिएको छ भने ६० हजार १ सय ९० जना उपचारपश्चात घर फर्किएका छन् ।

४२ हजार ४ सय १० जनाको विभिन्न देशमा उपचार भइरहेको छ, जसमध्ये ६,०३५(१४%) को अवस्था जोखिमपूर्ण रहेको छ भने ३६,३७५ (८६%) को अवस्था सामान्य रहेको छ, उपचार भइरहेको छ ।

यस्तै हालसम्म ६३ हजार ७ सय ९० वटा घटनाहरू बन्द भएका छन्, जसमध्ये ६० हजार १ सय ९० जना(९४%) को सफल उपचार भएको हो भने ३,६००(६%)को उपचारको क्रममा मृत्यु भएको हो ।corona virus toll

मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् । चीनमा अहिलेसम्म ३०७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पिपुल्स डेली चाइनाले जनाएको छ ।यस्तै शनिबारमात्रै चीनमा १५४३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चीनपछि सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ । इटलीमा २३३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, इरानमा १४५ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा १७, फ्रान्समा १६, स्पेनमा १०, जापानमा ६, इराकमा ४ जनाको मृत्यु भएको छ भने अष्ट्रेलिया, बेलायत र हङकङमा दुई दुईजनाको मृत्यु भएको छ ।

त्यसैगरी स्वीट्जरल्यान्डमा एकजना, नेदरल्यान्डस, थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments