कोरोना कहर : भारतमा मृत्यु हुनेको संख्या १३ पुग्यो

बिहिबार, चैत्र १३, २०७६



एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दो छ । हालसम्म भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएपश्चात भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

त्यस्तै साँझपख उज्जैन मध्यप्रदेशकी ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोप २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा भाइरसको संक्रमण देखिएको छ ।

भारतमा भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments