नेपाल आउनको लागि चीनमा रहेको नेपाली वुहान जान शुरु

शनिबार, फाल्गुन ३, २०७६



काठमाडौं । नोवेल कोरना भाइरस(कोभीड-१९)को उत्पतिस्थल चीनको वुहान शहर र वुहान शहर आसपास रहेका नेपालीहरू आफ्नो देश  आउनका लागि हुबेइ प्रान्तको वुहानतर्फ आउन शुरु गरेका छन्।

नोवेल कोराना भाइरसको संक्रमण शुरु भएको हुवेइबाट पनि नेपालीहरु वुहान प्रस्थान गरिसकेको चीनमा डर्माटोलोटीमा एमडी गर्दै गरेका चिकित्सक डा. माधव गौतमले बताए। उनले भने, ‘हामी पूर्ण सुरक्षित छौं। हुवेइका विभिन्न शहरबाट नेपालीहरु वुहानमा भेट्ने कार्यक्रम छ।’

हुवेइका विभिन्न शहरबाट बसमार्फत उनीहरु उहान गइरहेको गौतमले जानकारी दिए। उनका अनुसार शनिबार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाजबाट उनीहरु नेपाल उड्नेछन्। उनीहरु चढेको बसमा पनि स्वास्थ्य परीक्षण गरिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments