वुहानमा रहेका नेपालीको उद्धार फागुन तीन गते

सोमवार, माघ २७, २०७६



काठमाडौं। कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीको उद्धार हुने भएको छ ।  वुहानमा रहेका नेपालीहरुका आफन्तहरुले सरकारलाई पटक पटक उद्धारका लागि पहल गर्न ध्यानाकर्षण गरेपछि सरकारले फागुन तीन गते त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने लागेकाे हो ।

उत्तरी मुलुक चीनमा फैलिएको कोरोना भाइरसका कारण त्यहाँ रहेका नेपालीहरु घरभित्र बन्धक बनेका छन । उनीहरुलाई लिन करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्न लागेको हो ।  वुहानमा अधिकांश अध्ययनका लागि गएका जनाइएको छ । उनीहरुलाई लिन सरकारले नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस) ३३० विमान पठाउने भएको हो ।

उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालय समेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments