कोरोना भाइरस संक्रमित २० जना अस्पतालबाट घर फर्किए

शनिबार, माघ १८, २०७६



एजेन्सी । अनियन्त्रीत बन्दै गएको नोवेल कोरोना भाइरसविरुद्ध चीनले पहिलाे सफलता हात पारेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल नै घोषणा गरिरहेका बेला चीनको एक अस्पतालबाट २० जना बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

चिनियाँ सञ्चारमाध्यम सिन्हवाका अनुसार शुक्रबार साँझ वुहानको एक अस्पतालबाट उपचाररत २० जना संक्रमित निको भएपछि घर फर्किएका हुन् ।

यता अमेरिकाले भने आइतबारदेखि लागू हुने गरी चीनबाट अमेरिका जान प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस पूर्ण नियन्त्रणमा नआउँदासम्म तत्काल १४ दिनका लागि प्रतिबन्ध लगाइएको सिन्हवाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments