कोरोना अपडेट : उपचारपश्चात निको हुनेको संख्या करिब ५८ लाख पुग्यो

बुधबार, असार १७, २०७७



काठमाडौं । विश्वयापी महामारी कोरोना भाइरस संक्रमितको संख्या विश्वमा १ करोड ५ लाख नाघेको छ । वर्ल्डमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ८५ हजार ६४१ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ९१३ पुगेको छ । जसमध्ये ५७ लाख ९५ हजार ६ सय ५१ जना कोरोना मुक्त भएका छन् भने ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भीर र अन्य( ४२ लाख ७६ हजार ७७ जना) को अवस्था सामान्य रहेको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र रुपमा फैलिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments