विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, निको हुनेको संख्या ५४ लाख

आइतवार, असार १४, २०७७



काठमाडौं । विश्वव्यापी  महामारी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार बिहानसम्म १ करोड ८२ हजार ६ सय १३ पुगेको हो । जसमध्ये ५ लाख १ हजार बढीको मृत्यु हुँदा ५४ लाख ५८ हजार संक्रमित निको भएका छन् ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ४३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या २५ लाख ९६ हजार नाघेको छ ।

त्यस्तै, अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ५ सय १२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १२ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ हजार ८ सय ४३ जना निको हुँदा २८ संक्रमित ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments