चीनद्वारा कोरोना भाइरस उत्पतिको स्वतन्त्र जाँचको माग खारेज

शनिबार, बैशाख १३, २०७७



काठमाडौं । चीनले कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र जाँच गर्न गरिएको मागलाई खारेज गरिदिएको छ । ब्रिटेनमा रहेका चीनका कुटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै कोरोना भाइरस विरुद्धको लडाईंमा रहेको चीनलाई कमजोर पार्ने कोसिस भएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसको संक्रमण पछि चीनमा यसको पारदर्शिता नरहेको उसलाई आरोप लाग्दै आएको छ । यद्यपि यसको सुरुआत चीनको वुहानस्थित वेट मार्केटबाट भएको उसले स्वीकार गरिसकेको छ ।

युरोपियन युनियनले पनि चीनले कोरोना भाइसको सही सूचना लुकाएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा लगातार चीनको आलोचना गर्दै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments