कोरोना भाइरसबाट मृत्यु भएका शव जलाउन अनिवार्य

सोमवार, बैशाख १, २०७७



एजेन्सी । दक्षिण एसीयाली देश श्रीलंकामा कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट मृत्यु भएका सबैको जलाएर नै अन्तिम संस्कार गर्न सरकारले निर्देशन दिएको छ । सरकारले जुनसुकै धर्मको भएपनि जलाएर नै अन्त्येष्टि गनुपर्ने निर्णय गरेपछि मुस्लिम समुदाय रुष्ट बनेको छ । मुस्लिमले सो निर्णयको विरोध गर्दै आएका थिए ।

श्रीलंकामा कोरोना भाइरसको संत्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको छ । जसमा तीन जना मुस्लिम समुदायका छन् । उनीहरुको पनि शब जलाइएको थियो । श्रीलंकाका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले भने, ‘कोरोना भाइसको संक्रमणबाट भएको मृत्यु र यसका संदिग्धको मृत्युपछि शव अनिवार्य जलाइनेछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शब जलाउन वा गाड्न दुवै गर्न सकिने बताएको छ ।श्रीलंकामा हालसम्म २ सय भन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । श्रीलंकामा कोरोना संक्रमण रोक्नका लागि कफ्र्यु लगाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments