३ लाख ५६ हजार कोरोना संक्रमित उपचारपश्चात घर फर्किए

शुक्रबार, चैत्र २८, २०७६



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार २ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३५ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ८५ हजार ५ सय ८९ जनामा संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १९ सय व्यक्तिले ज्यान गुमाएका छन् भने ३३ हजार ५ सय ३६ जनामा संक्रमण फैलिएको छ ।

बेलायतमा८८१,  फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१०, जर्मनीमा २५८ तथा इरानमा ११७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

शुक्रबार बिहानसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ६९३ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ५६ हजार ६ सय ६० जना संक्रमित उपचारपश्चात घर फर्किएका छन् ।

११ लाख ५२ हजार ३२३ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १२८ को अवस्था गम्भीर रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments