नेपालमा कोरोना आशंका गरिएका ४ सय ९६ नै नेगेटिभ

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरेर नमुना परीक्षण गरेका ४९६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्कअनुसार ४९६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना भाइरसको आशंकामा देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएकाको नमुना परीक्षण प्रयोगशालामा आएको थियो । उनीहरूको सोमबार रातिसम्म परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ देखिएको प्रयोगशाला सूचना अधिकारी राजेशकुमार गुप्ताले बताएका छन् ।

“कोरोना परीक्षणका लागि दशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएका १८ जनाको रिर्पोट नेगेटिभ आएको छ,” उनले भने, “काठमाडौँसहित विराटनगर, बुटवल, चितवन नेपालगञ्ज, धनगढी, जनकपुर र धरान लगायतका जिल्लाले कोरोना आशंका गरेर नमुना पठाएका थिए ।”

कोरोना भाइरसको आशंकामा मंगलबार ११ बजेसम्ममा १५ जनाको नमुना विभिन्न अस्पतालले पठाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । उनीहरूको नमुना परीक्षणको रिर्पोट आज रातिसम्ममा आउने प्रयोगशाला सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments