कोरानाले इटालीमा आतंक मच्चायो, हालसम्म १२ को मृत्यु, ४५३ संक्रमित

बिहिबार, फाल्गुन १५, २०७६



एजेन्सी । महामारीको रुपमा संसारभर फैलिएको कोरना भाइरसले इटालीमा आतंक मच्चाएको छ । इटालीमा कोरोना भाइरस संक्रमितको संख्या चार सय नाघेको छ । पछिल्लो २४ घण्टामा इटलीमा संक्रमितको संख्या २५ प्रतिशतले वृद्धि भएको हो ।

युरोपेली मुलुकमध्ये इटलीमा चीनबाट फैलिन शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव परेको छ । इटालीमा ४५३ जनामा कोरोना भाइरस देखिएको छ भने १२ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको भन्दै सचेत रहन भनेको छ ।

गत डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहानमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८२ हजार १६३ जना संक्रमित भएका छन् भने २ हजार ८ सयको मृत्यु भएको छ । संक्रमित हुने र मृत्यु हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments