कोरोना अपडेट : ४ लाख ४५ हजार भन्दा बढी व्यक्ति उपचारपश्चात घर फर्किए

मङ्लबार, बैशाख २, २०७७



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर विगत २४ घण्टामा ७१ हजार ५ सय ९१ नयाँ संक्रमित थपिँदा ५ हजार ४ सय  २३ व्यक्तिले ज्यान गुमाएका छन् ।

योसँगै संक्रमितको कुल संख्या १९ लाख २३ हजार ८ सय नाघ्दा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय नाघेको छ । यस्तै हालसम्म ४ लाख ४५ हजार भन्दा बढी व्यक्ति उपचारपश्चात घर फर्किएका छन्।

सोमबार सबैभन्दा बढी अमेरिकामा २६ हजार ६ सय ४० बढी नयाँ संक्रमित थपिँदा १५ सय ३५ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ९ सय ४० नाघेको छ । अमेरिकामा मृतकको संख्या पनि सबैभन्दा बढी २३ हजार ६ सय पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments