कोरोना कहर : उपचारपश्चात घर फर्किनेको संख्या २१ लाख ५८ हजार नाघ्यो

शनिबार, जेष्ठ १०, २०७७



काठमाडौं ।  विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख नाघेको छ । गत २४ घण्टामा १ लाख ७ हजार थपिएसँगै संक्रमितको संख्या ५३ हजार नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १५ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९७ हजार ६ सयको मृत्यु हुँदा ४ लाख ३ हजार निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २४ हजार नयाँ संक्रमित थपिँदा १ हजार २९२ जनाको मृत्यु भएको छ ।

रुसलाई पछि पार्दै ब्राजिल सर्वाधिक संक्रमितको देशको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार त्यहाँ १९ हजार ९६९ नयाँ संक्रमित थपिँदा ९ सय ६६ व्यक्तिले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा संक्रमितको कुल संख्या ३ लाख ३० हजार नाघ्दा २१ हजारको मृत्यु भएको छ ।

त्यस्तै, रुसमा ३ लाख २६ हजार, स्पेनमा २ लाख ८१ हजार, बेलायमता २ लाख ५४ हजार, इटालीमा २ लाख २८ हजार, फ्रान्समा १ लाख ८२ हजार, जर्मनीमा १ लाख ७९ हजार, टर्कीमा १ लाख ५४ हजार, इरानमा १ लाख ३१ हजार, भारतमा १ लाख २४ हजार, पेरुमा १ लाख ११ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । बाँकी संक्रमण फैलिएको देशमा संक्रमितको संख्या अहिलेसम्म १ लाख नाघेको छैन ।

नेपालमा शनिबार बिहानसम्म संक्रमितको संख्या ५ सय १६ पुगेको छ । २४ घण्टामा ६९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ सय १६ पुगेको हो । जसमध्ये ७० जना उपचारपछि निको हुँदा ३ जनाले ज्यान गमुाएका छन् । ज्यान गुमाउनेमा २ पुरुष र १ महिला रहेका छन् ।

२ सय १५ देशमा फैलिसकेको कोरोनाबाट आज बिहानसम्म ५३ लाख ३ हजार ३९३ जना संक्रमित भएका छन् । जसमध्ये २१ लाख ५८ हजार उपचारपछि घर फर्कंदा ३ लाख ३९ हजार संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७ हजार ७ सय नयाँ संक्रमित थपिँदा ५ हजार २५२ व्यक्तिले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments