कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या करीब १६ लाख पुग्यो

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण पछिल्लो २४ घण्टामा ८४ हजार ७३२  संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २२ हजार २३९ संक्रमितको पहिचान भएको छ ।

रसियामा १० हजार ८९९, ब्राजिलमा ८ हजार ४५९, भारतमा ३ हजार ५२४, बेलायतमा ३ हजार ४०३, स्पेनमा १ हजार ३७७, इटलीमा १ हजार ४०२ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण पछिल्लो २४ घण्टामा ५ हजार ३१३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ६२३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ७७९, बेलायतमा ६२७, स्पेनमा १७६, फ्रान्समा ३४८, इटलीमा १७२ तथा रुसमा १०७ जनाको कोरोना संक्रमणका कारण २४ घण्टामा मृत्यु भएको छ ।

२१५ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ३९४ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । १५ लाख ९६ हजार ७६३ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

२४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर र बाँकीको सामान्य रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments