कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या १४ लाख ९३ हजार पुग्यो

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८६८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ८० हजार ७८७ ले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभर ४१ लाख ८० हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ । यसमध्ये १४ लाख ९३ हजार निको भइसकेका छन् ।

२४ लाख ३ हजारको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशतको अवस्था गम्भीर रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments