कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या १३ लाख ४३ हजार नाघ्यो

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं ।  विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ । बिहीबार साढे ५ हजारको मृत्यु भएसँगै ज्यान गुमाउनको कुल संख्या २ लाख ७० हजार  ७ सय नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ७६ हजार ९ सय २८ संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २ हजार १ सय २९ जनाले ज्यान गुमाउँदा साढे २९ हजार बढी संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कुल संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २० नाघेको छ । जसमध्ये २ लाख १७ हजार २ सय ५० जनाले कोरोना जितेका छन् । त्यहाँ अहिले ९ लाख ९८ हजार ४ सय बढी संक्रमितको उपचार जारी छ । तिमध्ये १६ हजार ९ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमीटरको तथ्यांकले देखाएको छ ।

दोस्रो बढी कोरोना प्रभावित देश स्पेनमा संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय नाघेको छ । जसमध्ये २६ हजारको मृत्यु हुँदा झण्डै १ लाख ६४ हजार निको भएका छन् ।

इटालीमा करिब २ लाख १६ हजार कोरोना संक्रमित छन् । तिमध्ये २९ हजार ९५८ को मृत्यु हुँदा ९६ हजार उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा संक्रमितको कुल संख्या २ लाख ६ हजार नाघेको छ । त्यहाँ अहिलेसम्म ३० हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

फ्रान्समा १ लाख ७४ हजार ७ सय व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये झण्डै २६ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यस्तै, ब्राजिलमा ९ हजार, बेल्जियममा ८ हजार ४ सय, जर्मनीमा ७ हजार ३ सय, इरानमा ६ हजार ४ सय, चीनमा ४ हजार ६ सय, नेदरल्याण्ड्समा ५ हजार, क्यानाडामा ४ हजार ४ सय, स्विट्जरल्याण्ड, स्वीडेनमा ३–३ हजार, टर्कीमा ३ हजार ६ सय संक्रमितले ज्यान गुमाएका छन् । अरू देशमा भने मृतकको संख्या ३ हजार तल रहेको छ ।

दक्षिण एसियाको तथ्यांक हेर्दा भारतमा १ हजार ८८९, पाकिस्तानमा ५ सय ८५, बंगलादेशमा १ सय ९९, अफगानिस्तानमा १०६, श्रीलंकामा ९ र माल्दिसमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाल र भुटानमा भने हालसम्म यो भाइरसबाट मृत्यु भएको पुष्टि भएको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाले हालसम्म विश्वका २१५ देश प्रभावित भइसकेका छन् ।

शुक्रबार बिहानसम्म विश्वभर संक्रमितको संख्या ३९ लाख १६ हजार नाघेको छ । जसमध्ये १३ लाख ४३ हजार कोरोना जितेर घर फर्कदा २ लाख ७० हजार ७ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments