कोरोना अपडेट : करिब ८ लाख बिरामी निको भएर घर फर्किए

शनिबार, बैशाख १३, २०७७



काठमाडौं । विश्वव्यापी महामारीका कोरोना भाइरस(कोभिड-१९) संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको संक्रमण देखिएको  छ ।

कोरोनाका कारण आज विहानसम्म १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा मात्रै ५२ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १६५ कोरोना संक्रमितको ज्यान गएको छ ।

हाल १८ लाख ३२ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये साढे ५८ हजारको अजस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको तथ्यांक छ । ७ लाख ९८ हजार भने निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । ३९ जनाको उपचार भइरहेको साथै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९८५ क्वारेन्टाइनमा रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments