कोरोना अपडेट : उपचारपश्चात् घर फर्किनेको संख्या ८ लाख ७८ हजार नाघ्यो !

सोमवार, बैशाख १५, २०७७



विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ७ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७३ हजार ८ सय बढी थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो । त्यस्तै, आइतबार ३ हजार ७ सय ५० बढीले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या २ लाख ६ हजार ९ सय नाघेको छ ।

यस्तै, सोमबार बिहानसम्म करिब ८ लाख ७८ हजार ८ सय व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ हालसम्म १ लाख १८ हजार बढी व्यक्ति निको भइसकेका छन् ।

त्यस्तै, स्पेनमा पनि कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख १७ हजार नाघेको छ ।

जर्मनीमा १ लाख १२ हजार, चीनमा ७७ हजार, इटालीमा ६५ हजार, इरानमा झण्डै ७० हजार, फ्रान्समा ४५ हजार व्यक्ति संक्रमणबाट मुक्त भइसकेका छन् ।

टर्कीमा २९ हजार, ब्राजिलमा ३० हजार, स्टिजरल्याण्डमा २२ हजार, क्यानाडामा १७ हजार, अष्ट्रियामा १२ हजार, बेल्जियममा साढे १० हजार बढी व्यक्ति कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । अरु देशमा पनि निको हुने व्यक्तिको संख्या बढिरहेको छ ।

दक्षिण एसियामा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भारतमा साढे ६ हजार व्यक्ति निको भइसकेका छन् । त्यहाँ हालसम्म झण्डै २८ हजार संक्रमित छन् । जसमध्ये ८८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा १२२, अफगानिस्तानमा २ सय बढी, श्रीलंकामा १२०, माल्दिभ्समा १७, नेपालमा १६ र भुटानमा ४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

अहिले विश्वमा १९ लाख ९ हजार व्यक्तिको उपचार जारी छ । जसमध्ये १८ लाख ५१ हजार अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको छ ।

५७ हजार ६ हजार अर्थात् ३ प्रतिशत कोरोना संक्रमितको अवस्था मात्र गम्भीर रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments