उपचारपश्चात् निको हुनेको संख्या १३ लाख ८५ हजार नाघ्यो

शनिबार, बैशाख २७, २०७७



विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । २४ घण्टामा ९७ हजार थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या ४० हजार नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १३ लाख २१ हजार पुगेको छ । जसमध्ये ७८ हजार ६ सय व्यक्तिले ज्यान गुमाउँदा २ लाख २३ हजार निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार संक्रमित थपिँदा १ हजार ६८७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, स्पेनमा संक्रमितको संख्या २ लाख ६० हजार पुगेको छ । जसमध्ये २६ हजार २ सयको मृत्यु हुँदा १ लाख ६८ हजार ४ सय संक्रमितले कोरोना जितेका छन् ।

इटालीमा २ लाख १७ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । त्यहाँ कोरोनाबाट ३० हजार व्यक्तिको ज्यान जाँदा ९९ हजार उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा २ लाख ११ हजार ३ सय व्यक्तिमा कोरोना पुष्टि हुँदा ३१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

रसियामा संक्रमितको संख्या १ लाख ८७ हजार पुगेको छ । त्यहाँ १ हजार ७ सय व्यक्तिको मृत्यु हुँदा २६ हजार ६ सयले कोरोना जितेका छन् ।

फ्रान्समा अहिलेसम्म १ लाख ७६ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । त्यहाँ २६ हजारको मृत्यु हुँदा ५५ हजार ७ सय व्यक्ति निको भएका छन् ।

जर्मनीमा १ लाख ७० हजार ५ सय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये १ लाख ४१ हजार उपचारपछि घर फर्कदा ७ हजार ५ सयले ज्यान गुमाएका छन् ।

ब्राजिलमा कोरोनाबाट १ लाख ४५ हजार ८ सय व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । झण्डै १० हजारको मृत्यु हुँदा त्यहाँ ५९ हजार २ सय बढी उपचारपछि घर फर्किएका छन् ।

टर्कीमा १ लाख ३५ हजार ५ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ८६ हजार ३ सय व्यक्तिले कोरोना जित्दा ३ हजार ६ सयको निधन भएको छ ।

इरानमा संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । २४ घण्टामा १ हजार ५६ थपिएसँगै त्यहाँ संक्रमितको कुल संख्या १ लाख ४ हजार नाघेको हो । इरानमा अहिलेसम्म ८३ हजार ८ सय उपचारपछि डिस्चार्ज हुँदा साढे ६ हजारले ज्यान गुमाएका छन् ।

त्यस्तै, चीनमा ८२ हजार ८ सय, क्यानडामा ६६ हजार, पेरुमा ६१ हजार ८ सय, भारतमा ५९ हजार ९, बेल्जियममा ५२ हजार व्यक्ति संक्रमित भएका छन् । अन्य देशमा भने संक्रमितको संख्या ५० लाख नाघेको छैन ।

२१५ देशमा फैलिसकेको कोरोनाबाट शनिबार बिहानसम्म ४ लाख १२ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १३ लाख ८५ हजार निको हुँदा २ लाख ७६ हजार संक्रमितको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments